२०८२, १९ कार्तिक मंगलबार

तरकारीमा आर्गेनिक मल प्रयोग गर्ने कृषक बढ्दैँ

तरकारीमा आर्गेनिक मल प्रयोग गर्ने कृषक बढ्दैँ


काभ्रे/अत्याधिक विषादी प्रयोग गरि तरकारी फलाउने गरेको आरोप खेपेका काभ्रेपलाञ्चोक जिल्लाका कृषकहरुले पछिल्लो समय आर्गेनिक मलको प्रयोगलाई बढाएका छन् । बढी तरकारी उत्पादनहुने पाँचखाल, धुलिखेल, बनेपा, खोपासी, नाला, मण्डनदेउपुर लगायतका ठाउँमा आर्गेनिक मलको प्रयोग बढेको हो । जिल्ला कृषिविकास कार्यालयले विगत दुईवर्ष देखि रसायनिकमल र विषादीको मात्रा कम गर्ने उद्देश्यले अनुदानमा आर्गेनिक मल वितरण गर्न थालेपछि कृषकहरुले आर्गेनिक मलको प्रयोगलाई बढाएका हुन् ।

कार्यालयले चालु आर्थिक वर्षमामात्रै ३ सय मेक्ट्रीटन अर्थात ३ हजार केजीआर्गेनिक मल वितरण गर्न लागेको बालीविकास अधिकृत थर्क बहादुर जिसीले जानकारी दिए । “अहिले जिल्लामा तरकारी खेतीगरिरहेका कृषकहरुले आर्गेनिकमलको प्रयोगलाई निकै बढाएका छन्, उनले भने “अझयसलाई ब्यापकता बनाउन जरुरी छ ।” जिल्लामा ९ हजार ६ सय २ हेक्टर क्षेत्रफल जमिनमा बार्षिक १ लाख ६२ हजार ७ सय ५२ मेक्ट्रिटन तरकारी उत्पादनहुदैँ आएका छन् । जिल्लाबाट मौसमीतथा बेमौसमि गरी दैनिक १ करोड ९ लाखको तरकारी बिक्रीका लागि बजारमा आउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आलु, लौका, गिरौला, खुर्सानी, गोलभेडा, बोडी, भिन्टी, काक्रो, सिमी, काउली, बन्दा जस्ता मौसमी तथा बेमौसमी तरकारीमा कृषकले आर्गेनिकमलको मात्रा बढाएका हुन् ।

करिब तीनवर्षअघि कालीमाटी तरकारी बजार स्थित ‘विषादी अवशेष द्रुतविश्लेषण प्रयोगशाला’ माग गरिएको रिएको परीक्षणमा जिल्लाको तरकारी खान अयोग्य भनेपछि कार्यालयले तरकारी उत्पादक कृषक र एग्रोभेट सञ्चालकहरुलाई विभिन्न चरणमा अभिमूखिकरण गर्दै आइरहेको छ । प्रतिबोरा ४० देखि ६० रुपैयाँसम्म अनुदानदिइएको बालीविकास अधिकृत जिसीले बताए । जिल्लाको कुल तरकारी उत्पादनमध्ये पाँचखालको तरकारीले मात्रै २५ प्रतिशतबजार हिस्साओट्ने गरेको छ । काभ्रेमा तरकारी बिक्रीबाट मात्रै बार्षिक ४ अर्ब रुपैयाँभित्र्ने गरेको सरकारी तथ्याङ्क छ । विषादी रहित तरकारी, फलफूल र खाद्यन्नउत्पादनगर्ने उद्देश्यले आर्गेनिक मल वितरण गर्न लागेको धुलिखेलमा रहेको जनजागृती कृषि सहकारी संस्थाका अध्यक्ष प्रताप तामाङले बताए । “वस्तुभाउनपाल्ने कृषकहरुले आर्गेनिक मलको माग बढी गर्ने गरेका छन्, उनले भने “रसायनिक मलको विकल्प खोज्न जरुरी भइसक्यो ।”

मौसमी तथा बेमौसमी गरी सरदर दैनिक ४ सय भन्दा बढी मेक्ट्रिटन तरकारी बजारमाआउने गरेको छ । जिल्लाबाट उत्पादित तरकारी मध्ये ९२ प्रतिशत जिल्ला बाहिर खपत हुन्छ, भने ८ प्रतिशतमात्रै जिल्लामा रहने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ ले जिल्लामा १० वर्षभन्दामाथिका ४४ प्रतिशतनागरिक कृषि पेशामा संलग्न रहेको देखाएको छ ।जिल्लामाब्यवसायीक तरकारी खेतीमालागेका ६ सय र मौसमी खेतीगर्दै आएका ३ हजार कृषक प्रत्यक्ष रोजगारीमा संलग्नछन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : ०४ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई