२०८३, २५ आश्विन सोमबार

काभ्रेमा जननिर्वाचित प्रतिनिधि भएपछि बाटो मर्मतमा सहज

काभ्रेमा जननिर्वाचित प्रतिनिधि भएपछि बाटो मर्मतमा सहज


काभ्रे । यसअघिका वर्षहरुमा बर्खामा विग्रिएको बाटो मर्मत नहुदाँ चाडपर्व नमाउन घर हिडेका यात्रुले निकै सास्ती ब्यहोर्नु परेको थियो । तर यो वर्ष भने काभ्रेमा त्यस्तो अवस्था खेप्नु नपर्ने भएको छ । सबैभन्दा बढी बिग्रने जिल्लाको कोशीपारी सडक यो वर्ष सञ्चालनमै छ । कोशीपारी हुदैँ रामेछाप जिल्लाको गोस्वाराँ, हिलेदेवी लगायत क्षेत्रमा समेत सडक जोडिएको छ ।

कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले परिषद्बाटै बर्खामा बिग्रिएको सडक मर्मतका लागि बजेट विनियोजन गरेको थियो । कोशीपारीमा ५ वटा सडक भएर रामेछापसम्म गाडी पुक्छन् । ती मध्ये दोलालघाट–कोलाँती–बिर्ता देउराली सडक मध्य बर्खामा समेत पहिलेको जस्तो महिनौँ दिनसम्म नबिग्रिएको गाउँपालिका प्रमूख दिनानाथ गौतमले जानकारी दिए । “यो सडकको बीच भागमा एउटा खोला पर्छ, उनले भने “खोलामा आएको भेल ग्याविनको तारजाली बगाउँदा दुई दिन बन्द भयो तर हामीले खुलाई हाल्यौँ ।” यो सहित अर्को दुई वटा सडक मर्मत पछि सञ्चालनमा आइसकेको छ । त्यस्तै बाँकी रहेको दुई वटा सडक पनि सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । “अघिल्ला वर्षहरुमा जिल्ला विकास समिति हुदाँ सडक मर्मतका लागि रकम छुट्याउन सबैको सहमति खोजिरहनु पर्र्थो, उनले भने “तर अहिले हामीले परिषद्बाटै बजेट विनियोजन गरेका छौँ, चाडवार्डमा बनाउन घर जाने यात्रुलाई सडकको कुनै अप्ठ्यारो हुने छैन् ।”

चुनावका बेला मतदाताका बीच उम्मेदवारहरुले सडक, खानेपानी, विद्यूत जस्ता थुप्रै आधारभूत कुराहरु पूरा गर्ने बचन दिएका थिए । त्यसै अनुरुप पनि गाउँगाउँमा काम भइरहेको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कमलप्रसाद धमलाको भनाइ छ । “पहिला पहिला कोशीपारी, डाँडापारीको कुनै एउटा गाउँबाट सडक मर्मत गर्न रकम माग्न जिविससम्म आइपुग्नु पर्र्थो, उनले भने “रकम स्वीकृत गरेर पठाउँदा निकै समय लाग्थ्यो तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।” स्थानीय स्तरमै बजेट, स्थानीयले नै योजना बनाउने भएका कारण झन्झटिलो नहुने र गुणस्तीय काम समेत हुने उनले बताए ।

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : ३९ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम