हेटौँडा, २९ मङ्सिर: प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका लागि आवश्यक कार्यसूचीको पूर्ण तयारी भइरहेको बताउनुभएको छ । उहाँले रासससँग संक्षिप्त कुरा गर्दै आगामी हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषय छलफलमा ल्याइने…