काठमाडौं, ११ जेठ: भारतीय रिपब्लिक टेलिभिजनका सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध भारतीय अदालतले मुद्दा चलाउन आदेश दिएको छ। गोस्वामीले साम्प्रदायीक सदभाव भड्काएको भन्दै अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो। मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकी पाउँ भन्दै उनले गरेको अपिल सर्वोच्च अदालतले गत मंगलबार खारेज गरेको थियो।…