काठमाडौँ, पुस २४: राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान दिन्छ । यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त…