काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत पलायन भएपछि त्यहाँको सत्ता सेनाको हातमा पुगेको छ । सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउँसो बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिंदै सुरक्षित स्थानमा गएको जानकारी गराउँदै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले…