काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र रुपमा फैलिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म करिब २७ हजार ४३२ गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ। गत असार ६ देखि साउन २० गतेसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम बाहेक सबै प्रदेशका गाईभैंसीमा यो भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी…