२०८३, २४ भाद्र बिहीबार

हाम्रो बारेमा

पत्रकारिताको बद्लिँदो परिवेशमा ‘खबरघर डट कम’ नयाँ आयामका साथ सशक्त ढंगले यहाँहरुको माझ आएको छ । सत्य तथ्य खबर संप्रेषण र मुलुकको समृद्धिको यात्रामा अविचलित रुपमा लाग्ने अठोटका साथ हामीले पाइला अगाडि बढाएका छौं । सञ्चार र सूचनाको क्षेत्रमा देखिएका विकृति, विसंगतिहरुलाई चिर्दै जनचासोका विविध आयामहरुमा केन्द्रित रहेर सत्य, तथ्य र विश्वसनीय खबर र विचार दिने जमर्को हामीले गरेका छौं ।

राजनीतिक अस्थिरता हटे मात्र मुलुकले समृद्धिको बाटो पहिल्याउन सक्छ भन्ने मूल मान्यताका साथ हामीले राजनीतिक विषयवस्तुलाई पनि उच्च प्राथमिकता दिनेछौं । यसका साथै भ्रष्टाचार, अनियमितता र विकास निर्माणका खबरहरु हाम्रा प्राथमिकतामा पर्नेछन् । शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि सम्बन्धी जानकारीमूलक सामग्री पनि हामीले उच्च प्राथमिकताका साथ पस्कने छौं । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक पाटोमा पनि हाम्रो ध्यान केन्द्रित हुने नै छ । हामी समाजमा रहेका यावत विकृति, विसंगतिविरुद्ध लड्दै समाजलाई सही मार्ग डो¥याउनका लागि सशक्त कलम चलाउने छौं । समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता र मनपरितन्त्रको पर्दाफास गर्ने हाम्रो प्रयास हुनेछ ।

सत्य तथ्यसामु हामी कोही कसैसँग झुक्दैनौं, यो हाम्रो अठोट हो । शक्तिका पछाडि कुद्ने र शक्ति हुनेले जे पनि गर्ने परिपाटीको हामी सशक्त प्रतिवाद गर्नेछौं । समाजमा हुने आर्थिक, शारीरिक र सामाजिक भेदभाव, ज्यादती, उत्पीडन र शोषणका विरुद्ध हामी खबरदारी गरिरहने छौं । अहिले सञ्चार क्षेत्रमा तिललाई पहाड र पहाडलाई तील बनाउने पत्रकारिता फस्टाइरहेको छ । हामी पत्रकारिताका मलभूत मूल्य मान्यतामा कुनै सम्झौता नगरी लोकतान्त्रिक संस्कार र मानवअधिकारको पक्षमा अडिग रहने छौं । यो हाम्रो प्रतिबद्धता हो । हामी पत्रकारिता समाजको ऐन हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै पाठकहरुबाट आएका सल्लाह, सुझाव र गुनासाहरुलाई कहिल्यै भुल्ने छैनौं । समाजका हरेक तह तप्का र निकायहरुबाट हामीले सहयोगको अपेक्षा गरेका छौं ।

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको