२०८३, २९ जेष्ठ शनिबार

काभ्रेको हरेक घर घरमा बामपन्थी, बनाउने छौँ प्रदेश नम्बर तीनको राजधानी

काभ्रेको हरेक घर घरमा बामपन्थी, बनाउने छौँ प्रदेश नम्बर तीनको राजधानी


धुलिखेल/निर्वाचन नजिकीदै गर्दै काभ्रेमा बाम गठबन्धनले चुनावी प्रचारप्रसारलाई निकै तिब्र र आक्रमक बनाएको छ । जिल्लाका सबै स्थानीय तहमा संयुक्त भेला गरिसकेको बाम गठबन्धन अहिले घरदैलो अभियानमा तिब्रताका साथ जुटेको छ । काभ्रेमा प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचन दोस्रो चरणमा मंसिर २१ गते हुदैँ छ ।

कम्युनिष्टहरुको लालकिल्लाको रुपमा चिनिएको जिल्ला काभ्रेमा बामगठबन्धनले आफ्ना सबै भ्रातृ संघसंगठनका समेत संयुक्तभेला सकाइसकेको छ । संयुक्त भेलासँगै एकता बद्ध भएर चुनावी प्रचारप्रसारमा जुटेका छन् । अहिले जिल्लाका हेरक घर घरमा बामगठबन्धनका उम्मेदवार सहित विभिन्न तह र तप्काका नेता कार्यकर्ता जनमत आफ्नो पक्षमा पार्न चुनावी अभियानमा छन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गंगालाल दोङ, प्रदेशसभा १ (क) मा रत्न ढकाल र (ख) मा चन्द्र लामा उम्मेदवार छन् । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका प्रखर नेता गोकुल बास्कोटा, प्रदेशसभा २ (क) मा लक्षमण लम्साल र (ख) मा बसुन्धरा हुमागाई उम्मेदवार छन् । अहिले उनीहरु आफ्नो पक्षमा मत सिर्जना गर्न र बामगबन्धनको सन्देश दिन गाउँ गाउँ पुगिरहेका छन् । उनीहरुले भोट मात्रै मागिरहेका छैनन् । भोट हाल्ने तरिका समेत सिकाई रहेको बाम पत्रकार चुनाव प्रचारप्रसार समितिका संयोजक हिरामान लामाले जानकारी दिए ।

जिल्लाको अति दुर्गम मानिने डाँडापारी, कोशीपारी लगायत यातायातको राम्रो पहुँच नभएको ठाउँमा समेत यतिखेर बामगठन्धनका उम्मेदवारहरु पुगेका छन् । बामगठबन्धनले स्थानीय तहको विकास सँगै काभ्रे जिल्लालाई प्रदेश नम्बर ३ को राजधानी बनाउने संकल्प सहित बृद्धबृद्धा, किसान, मजदुर, शिक्षक, विद्यार्थी सहित आम मतदाताको कुरा सुन्न घरदैलो अभियानलाई तिब्र बनाएको बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका प्रमूख टोक बहादुर वाईबाले जानकारी दिए । “हामी किसान, मजदुर, श्रमजिवी वर्गको घर घरमा पुरेर भोट मात्रै मागिरहेका छैनौँ, उनले खबरघरसँग भने “मतदाताको कुरा सुन्ने र बामगठबन्धनले आगामी दिनमा गर्ने योजना प्रष्ट पारिरहेका छौँ ।”

बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार काभ्रेमा बामगठबन्धन निकै अगाडी देखिन्छ । जिल्लाको ६ वटा नगरपालिका मध्ये धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध र मण्डनदेउपुर गरी ५ नगरपालिकामा एमालेको जित भएको थियो । त्यस्तै ७ वटा गाउँपालिका मध्ये खानीखोला र भूम्लु गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो । त्यसैगरी माओवादी केन्द्रले चौरिदेउराली र महाभारत गाउँपालिकामा जित हासिल गरेको थियो भने नेपाली काँग्रेसले पाँचखाल नगरपालिका, बेथानचोक र रोशी गाउँपालिकामा मात्रै जीतेको थियो । स्थानीय तहमा प्राप्त मतलाई समेत ध्यानमा राखेर विशेष रणनीतिका साथ मतदाता माज बामगठबन्धनका उम्मेदवारहरु पुगेका छन् ।

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतबार  २ : ४९ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको