२०८३, ७ कार्तिक शनिबार

अजैपनि भेटिएनन् हराएका पत्रकार तेजबहादुर खड्का

अजैपनि भेटिएनन् हराएका पत्रकार तेजबहादुर खड्का


डोटी, २८ असोज गत महीनादेखि बेपत्ता रहेका पत्रकार तेजबहादुर खड्काको खोजीका लागि नेपाल प्रेस युनियनले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ ।

प्रेस युनियन जिल्ला अध्यक्ष प्रकाश बलमले सहकर्मी खड्काको पुनःखोजी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाइएको बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले उनको पुनःखोजीका लागि पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रमा आबद्ध खड्का गत भदौ ९ गते बडीमालिका मेलामा गएर फर्किने समयमा छाप्रे भन्ने ठाउँबाट बेपत्ता हुनुभएको थियो । उहाँको खोजीका लागि गत महीना सुरक्षाकर्मी खटिए पनि कुनै पत्ता नलागेपछि टोली फर्किएको थियो ।

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ९ : ०१ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट