२०८३, १६ जेष्ठ आईतबार

काभ्रेको कुन्ता पुगेर नेकपाका बरिष्ठ नेता नेपालले भने ‘वर्तमान सरकार अझै अलमलमा’

काभ्रेको कुन्ता पुगेर नेकपाका बरिष्ठ नेता नेपालले भने ‘वर्तमान सरकार अझै अलमलमा’


नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकार अलमलिरहेको बताएका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशीमा आइतबार नगर बस उद्घाटन कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट सरकार यसरी अलमलिएर बस्दा जनता निराश हुन सक्ने भन्दै बेलैमा सचेत भएर अघि बढ्न सुझाए । ‘जनताले हामीलाई अलमलमा परोस भनेर मत दिएका होइन्, उनले भने ‘देशको मुहार फेर्ने बेला यहि हो । हामी अलमल गरेर बस्नु हुदैँन् ।’

नेकपाका बरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री नेता नेपालले प्रदेश र संघ सरकारले के के गर्ने भन्ने विषय थप निक्र्यौल गरेर अघि बढ्न पनि सरकारले आग्रह गरे । ‘सरकारलाई स्पष्ट मत छ, त्यहि अनुसार काम गरेर जनताको मन जित्नु पर्छ, उनले भने ‘यो वा त्यो बहानामा काम नगर्ने छुट अब छैन् । ’

नेता नेपालले स्थानीय स्तरमा गर्न सकिने कामका लागि केन्द्रिय सरकारको मूख ताक्न नहुने बताए । ‘आफ्नो पालिकाका जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर संविधानले नै सबै अधिकार तपाईहरुलाई दिएको छ उनले भने ‘राम्रो काम गर्न ऐन, नियम र कानुन कुरेर बस्नु हुदैँन् ।’

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ६ : २६ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण