२०८३, १६ आश्विन शनिबार

सिन्धुलीमा बस दुर्घटना ३ जनाको मृत्यु,मोटरसाइकल जोगाउन खोज्दा चालकले ज्यान गुमाए

सिन्धुलीमा बस दुर्घटना ३ जनाको मृत्यु,मोटरसाइकल जोगाउन खोज्दा चालकले ज्यान गुमाए


असोज २६ काठमाडौं सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा यात्रु बोक्ने बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

४ जना घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुली मरिण गाउँपालिकाका आशिष लामा, सिन्धुपाल्चोक वलेफीका रोहन पराजुली, गोरखा आरुघाटका हरि दाहाल र रामेछाप खांडादेवीका दीर्घराज मोक्तानको धुलिखेलमा उपचार भइरहेको छ ।

घाइतेहरुले दुर्घटनाको कारण चालक भन्दा पनि काठमाडौबाट पूर्व जादै गरेको एउटा मोटरसाइकल दोषी रहेको बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचार गराइरहेका घाइते, आशिष लामाले भने, ‘डाइभरले उताबाट बाइक आएपछि उसलाई जोगाउन अलि जोखिम मोले, बाइकको गति धेरै नै थियो, पछि हामी सुनकोशीमा खसेछौं उसलाई जोगाउदा चालक आफैं रहेनन् ।’

दुर्घटनामा बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामाको पनि मृत्यु भएको छ । उनको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ८ : ४२ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार