२०८२, २९ चैत्र सोमबार

मुख्यमन्त्री पोखरेल र दातृ निकायका प्रतिनिधिमण्डलबीच भेटघाट

मुख्यमन्त्री पोखरेल र दातृ निकायका प्रतिनिधिमण्डलबीच भेटघाट


बुटवल, २५ असोज मुख्यमन्त्री शङ्कर पोखरेलसँग आज उहाँको कार्यालयमा विभिन्न दातृ निकायका प्रतिनिधिमण्डलले भेट गर्नुभयो ।

विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन हेर्ने टोलीनेता सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्युलगायतले मुख्यमन्त्री पोखरेलसंग भेट गर्नुभएको हो ।

प्रतिनिधि मण्डलले प्रदेश नं। ५ को विकासको प्राथमिकता, सङ्घीयतालाई कार्यान्वयन गर्ने क्रममा प्रदेशमा हालसम्म भएका कामकारवाही, समस्या र अबको गन्तव्यबारे छलफल गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा विश्व बैंक, युएनडिपी, डिएफआइडी तथा अन्य दातृ निकायको सहयोगमा निकट भविष्यमा गर्न लागिएको क्षमतासम्बन्धी आवश्यकताको पहिचानसम्बन्धी सर्वेक्षण तथा अध्ययनका बारेमा जानकारी लिन तथा त्यसको प्रभावकारिता र प्रयोगबारे छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिसले विश्व बैंकले प्रदेश नं। ५ लगायत अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोगसम्बन्धी आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले हाल कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजना सम्भव भएसम्म प्रादेशिक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गर्नुभयो ।

प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसँग छलफल गरी प्रदेशको सोच र प्राथमिकतालाई योगदान पु¥याउने गरी अघि बढाउन पनि उहाँले आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
–––

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ५५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४