२०८३, १ असार मंगलबार

काँग्रेस वरिष्ठ नेता पौडेलले भन्छन् ‘पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक’

काँग्रेस वरिष्ठ नेता पौडेलले भन्छन् ‘पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक’


तनहुँ, २५ असोज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताउनुभएको छ ।

काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको औँल्याउनुभयो ।

राष्ट्रका लागि काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसदीय दलले सदनदेखि सडकसम्म प्रतिरोध गर्न नसक्दा काङ्ग्रेसले यो हविगत भोग्नुपरेको हो ।”

नेतृत्वको कमजोरीले पार्टीले पराजय भोग्नुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, सांसदद्वय दोबाटे विक र सरिता गुरुङ, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेल, पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : १६ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई