२०८२, २ पुस बुधबार

‘विकासको बाधक मदिरा र लागुऔषध’: गृहमन्त्री थापा

‘विकासको बाधक मदिरा र लागुऔषध’: गृहमन्त्री थापा


दुल्लु, २३ असोज : गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताउनुभएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । लागुऔषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले भन्नुभयो “मदिरा र लागुऔषधले महिला हिंसा, बलात्कार र बालबालिकामाथि हुने हिंसा बढाएको छ ।” उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको अभियानलाई अनियन्त्रित मदिराले प्रत्यक्ष प्रभाव पारिरहेको जिकिर गर्नुभयो ।

लागुऔषध निषेध र मदिरा नियन्त्रण सरकारको एक्लो प्रयासले नसक्ने भन्दै उहाँले आम जनता मिलेर सोे अभियानमा लाग्न आग्रह गर्नुभयो । “समग्रमा मदिरा र लागुऔषधले अपराध बढाएको छ ।” गृहमन्त्री थापाले भन्नुभयो, “दुःध खाने बच्चाले पनि मदिरा खान थालेका छन्, मदिरा नियन्त्रणका लागि स्थानीय तहहरुले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।” स्थानीय तहका वडा तहदेखि नै नीति बनाएर मदिरा बिक्री वितरणका लागि निश्चित स्थान तोक्नुपर्ने उहाँको भनाई छ । २० वर्ष नपुगेकालाई मदिरा बिक्री वितरण गर्न रोकेर मदिरा सेवन गर्न तिनपुस्ते विवरण तयार गरी कडाइ गर्नुपर्नेमा उहाँको जोड छ ।

सोही कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई परनिर्भरताबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले कर्णालीमा गरीबीको कारण खोजी गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राजनीतिक आडमा अपराध गर्ने प्रवृति रोकिएकोले राष्ट्र विखण्डनको अभिव्यक्ति दिँदै हिड्ने जो कोही व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सीमा क्षेत्रमा हुने अपराध रोक्न र सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : १६ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार