२०८२, २५ फाल्गुन मंगलबार

विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने

विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने


काठमाडौँ, २२ असोज: आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ ।  यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन रहेका छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ५० बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल