२०८३, ७ कार्तिक शनिबार

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख पोखरेल

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख पोखरेल


इटहरी, २२ असोज: प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले सामुदायिक विद्यालयको शिक्षालाई उत्कृष्ट तुल्याउन शिक्षक, विद्यार्थी र अभिभावक सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

इटहरीमा रहेको पुरानो जनता माविले आज यहाँ शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै उहाँले शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सामूहिक सहकार्यबाट अपेक्षाकृत सुधार ल्याउन सकिने तर्क अघि सार्नुभयो । उहाँले इमान्दारितापूर्वक सहकार्य जरुरी रहेकोमा ध्यानाकर्षण गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेलद्वारा प्रस्तुत गुरुयोजनाका विषयमा आफ्नो टिप्पणी प्रस्तुत गर्नुहुँदै प्राध्यापक डा.टङ्क न्यौपानेले शिक्षालाई राजनीतिबाट अलग गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षण सिकाइलाई पहिलो प्राथमिकतामा राखे अपेक्षाकृत सुधार हुने उहाँको तर्क थियो । अर्का टिप्पणीकार प्राध्यापक डा.दिवाकर रेग्मीले शिक्षाको मूल उद्देश्य प्राप्तितर्फ शिक्षक, विद्यार्थी र अभिभावक केन्द्रित हुन सके आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ४६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने