२०८३, ३१ असार बिहीबार

काभ्रेको मण्डन देउपुरमा सौर्य ऊर्जाले खानेपानीको सुविधा, बासिन्दा निकै खुशी

काभ्रेको मण्डन देउपुरमा सौर्य ऊर्जाले खानेपानीको सुविधा, बासिन्दा निकै खुशी


काभ्रेपलाञ्चोक, २२ असोज : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले सोचेका पनि थिएनन्, करीब १०० मिटर तलको पानी गाउँका घरघरमा आउला भनेर ।

तर प्रविधिले वर्षौंदेखि खानेपानीको दुःख झैल्दै आएका उनीहरुले नसोचेको काम सफल भएपछि निकै खुशी छन् । त्यसो त, सोलार ९सौर्य ऊर्जा० लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका बासिन्दाको दैनिकी फेरिएको छ ।

पिउन, घरधन्दा तथा नुहाइधुवाइ गर्न दिनभरजसो एक घण्टाको उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ भने ट्याङ्कीबाट ‘ओभर–फ्लो’ पानीले घरबारीमा तरकारी उब्जनी गर्न मद्दत पुगेको छ ।

स्थानीय मैती तामाङ भन्नुहुन्छ, “नौलो प्रविधिले दिनभर उकालोमा पानी बोक्नुपर्ने बाध्यता हट्यो, आफ्नै घरघरमै पानी आउँदा निकै हर्षित छौँ ।” उहाँले घरमा प्रयोग गरिएको पानी र ट्याङ्कीबाट बढी भएको पानीले तरकारीमा लगाई स्वच्छ तरकारी खेती गर्न सकिने बताउनुभयो ।

गाउँका सबैको घरमा पानी उपलब्ध भएपछि बिहान सबेरै उठेर पानी लिन खोला धाउनुपर्ने बाध्यता हटेको स्थानीय मैते तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारको एक जनाले त दिनभर पानी बोक्नैपर्ने हुन्थ्यो ।” अरनिको राजमार्गबाट नजिकै देखिने तार्केन्टार गाउँका १७ परिवारले अहिले वर्षौंँदेखिको खानेपानीको समस्या समाधान भएको छ ।

नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले भन्नुभयो, “सौर्य ऊर्जाले विकट गाउँमा खानेपानी व्यवस्थापन सम्भव भयो, अब यस्तो प्रविधिबाट अन्य गाउँमा विस्तार गर्छौं ।” यहाँ खानेपानी व्यवस्थापनका लागि गाउँभन्दा ९१ मिटर तल इनार बनाई सौर्य ऊर्जाबाट लिफ्टिङ गरी दैनिक नौ हजार ८५० लिटर पानी जम्मा गरिएको छ ।

खोनेपानी आयोजनाका लागि नगरपालिका कार्यालयको रु पाँच लाख, सोलार कार्यक्रमको रु पाँच लाख १५ हजार, रिमरेकको रु एक लाख ४४ हजार र समुदायको दुई लाख ६४ हजार जनश्रमदान तथा ६० हजार नगदबाट निर्माण सम्पन्न भएको हो । शुरुमा समुदायले त्यति तलको पानी माथि ल्याउन सकिन्छ भनेर कल्पना गर्न सकेका थिएनन् ।

सोलार मुसका इञ्जिनियर कृष्ण अधिकारीले भन्नुभयो, “पहिला हामीले यहाँका मानिसलाई प्रविधिबारे जानकारी र अन्य स्थानको अनुभव सुनाएपछि विश्वास गर्नुभयो ।” उहाँका अनुसार समुदायले १५ रोपनी जमीनमा थोपा सिँचाइ प्रविधि प्रयोग गरी तरकारी खेती गर्न सक्नेछन् ।

खानेपानी योजनाको मर्मत–सम्भारका लागि प्रतियुनिट रु १५ का दरले कोष जम्मा गर्ने नीति बनाइएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : १२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित