२०८३, ७ कार्तिक शनिबार

विमानस्थल चाँडै सञ्चालनमा आउछ : सभामुख महरा

विमानस्थल चाँडै सञ्चालनमा आउछ : सभामुख महरा


लमही, २२ असोज: सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ । आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उहाँले भन्नुभयो ।

उहाँले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने बताउनुभयो । यसले विमानस्थल नियमित बनाउन थप मद्दत पुग्नुका साथै भाडामा पनि हेरफेर हुनसक्ने उहाँको भनाइ थियो । स्थायी इन्धन डिपो स्थापना गर्न आफूले पहल थालिरहेको भन्दै महराले स्थायी भएमा अनियमित हुने समस्याको अन्त्य हुने बताउनुभयो ।

केही निजी एयरलाइन्सले दाङमा पाइलटको तालीम शुरु गर्ने भनी सरकारसँग प्रस्ताव गरेकाले त्यो पारित भएमा हवाईसेवा नियमित सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । आजदेखि दाङको टरिगाउँ विमानस्थलबाट नियमित हवाईसेवा सञ्चालन हुनेछ । प्रत्येक हप्ताको सोमबार र शुक्रबार हवाईसेवा सञ्चालनमा आउने छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ५ : ११ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने