२०८३, १३ भाद्र आईतबार

नेकपा सचिवालय बैठक सोमबार

नेकपा सचिवालय बैठक सोमबार


काठमाडौँ, २१ असोज: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बिहान बस्ने भएको छ । आज अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएपछि सोमबार बिहानका लागि तय भएको हो । अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण आजका लागि निर्धारित सचिवालयको बहुप्रतिक्षित बैठक सोमबार बस्ने जानकारी दिनुभयो ।

बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ । केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो । नेकपाका प्रदेश समितिले जिल्ला तहमा पार्टी संयन्त्रलाई सक्रिय बनाउन र एकताको वातावरण बनाउन आवश्यक निर्देशनसमेत दिइसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ९ : ३८ बजे

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न 

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि

प्लास्टिकको भीडमा हराउँदै चोयाका डालो

ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले