२०८२, २८ चैत्र आईतबार

मुख्यमन्त्री महेन्द्रबहादुर शाही

मुख्यमन्त्री महेन्द्रबहादुर शाही


जुम्ला, २० असोज: “भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन”, जनप्रतिनिधिसँग आज जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्कल्प गर्नुभयो । कर्णालीमा डोजर आतङ्कको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो । “म भ्रष्टाचार गर्दिन,” उहाँले भन्नुभयो, “र तपाई पनि नगर्नुस् ।” अब विकासका लागि स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको शुरुआत जुम्लाबाट गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अगाडि भन्नुभयो, “लगानी भित्र्याउने जिम्मा मेरो हो, तपाईहरु यही सोचका साथ काम गर्नुहोस् ।” मुख्यमन्त्री शाहीले कर्णालीले नयाँ सिकाइ, सकारात्मक सोचका साथ अघि बढ्न आत्माप्रेरित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । कर्णालीलाई अन्तर्राष्ट्रिय व्यापारी केन्द्रका बनाइने भन्दै विकृत चीजविरुद्ध अभियान थाल्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी भन्नुभयो, “जनताको त्याग र बलिदानबाट निर्मित इतिहासमा अपराध र कमजोरी नगरौँ ।” “हामी स्थानीय सरकारका प्रमुखलाई पनि भुरेटाकुरे राजाको जस्तो दम्भ नपलाओस्”, उहाँले भन्नुभयो, “व्यवस्था असफल होइन, हामी असफल हुन्छौँ ।”
कर्णाली प्रदेशको समृद्धिको सपनामा सबै एकाकार हुन अपरिहार्य रहेको जनाउँदै कानूनमन्त्री भण्डारीले नमूनायोग्य र उत्कृष्ट स्थानीय तह निर्माणमा ध्यान दिएर प्रदेश समृद्धिमा सहयोग पु¥याउन जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो । अन्तक्र्रियामा जुम्लाका एक नगरपालिकाका प्रमुख, सात गाउँपालिकाका अध्यक्ष र ६० वटा वडाका वडाध्यक्षले स्थानीय सरकारको विगतको अनुभव, अनुभूति र विकास योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ८ : ४७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४