२०८३, ७ कार्तिक शनिबार

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा


काठमाडौँ, २० असोज: प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ ।”

संसदीय मामिला पत्रकारितासम्बन्धी सङ्घस्तरीय अन्तरक्रियालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख महराले संसद् सबै भावना र विचारलाई मुखरित हुने सर्वेच्च स्थान हो, संसद्लाई बलियो बनाउन आफ्नो प्रयत्न जारी रहेको बताउनुभयो । “संसद सरकारको छायाँमा पर्दैन । सरकारको विरोध गर्ने स्थान संसद् होइन । संसदीय समितिले सरकारका कामको अनुगमन गर्ने मात्र गर्दछन्”, सभामुख महराले भन्नुभयो ।

प्रतिनिधिसभाका सचिव डा भरत गौतम र प्रवक्ता डा रोजनाथ पाण्डेले संसद् सचिवालयका गतिविधिमाथि जानकारी दिनुभएको थियो । संसदीय मामिला पत्रकार समाज नेपालद्वारा आयोजित सो कार्यक्रम आईतबारसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : १८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने