२०८३, ५ कार्तिक बिहीबार

गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन


काठमाडौँ, २० असोज : बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी अझै कार्वाही गर्न नसकेपछि काठमाडौंमा शनिबार पनि सरकारविरुद्ध प्रदर्शन गरिएको छ।निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको हो।

निर्मलाका निम्ति न्याय अभियान, बलात्कारविरुद्ध राष्ट्रिय अभियान र विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुसहितको प्रर्दशनमा हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग पनि गरिएको छ।

उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन पहल नगरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन। प्रर्दशनकारीहरुले सरकार बलात्कारी सामू लाचार भएको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ६ : ३४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा