२०८३, २६ आश्विन मंगलबार

गाजा क्षेत्रमा तीनको मृत्यु, ३७६ जना घाइते

गाजा क्षेत्रमा तीनको मृत्यु, ३७६ जना घाइते


गाजा, २० असोज: प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु भएका तीनै जना प्यालेस्टाइनी नागरिक हुन् भने प्रदर्शनमा हजारौँ प्यालेस्टाइनी प्रदशर्नकारी सहभागी भएका थिए ।

इजरायलसँगको सीमा क्षेत्रमा पर्ने पूर्वी गाजामा प्यालेस्टाइनीले प्रदर्शन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको समाचारमा जनाइएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले तीन जना प्यालेस्टाइनीको मृत्यु भएको र तीमध्ये एक जना बच्चा पनि रहेको पुष्टि गर्नुभयो ।

उनीहरुको गाजा सहरमा इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी मृत्यु भएको अधिकारीले जनाएका छन् । घाइतेमध्ये १९२ जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये १२६ जनालाई इजरायली सुरक्षाकर्मीको गोली लागेको उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये दुइजना स्वास्थ्यकर्मी, दुइजना पत्रकार पनि रहेका छन् । उनीहरुमध्ये केही महिला पनि रहेका छन् ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ५ : ५९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल