२०८३, १२ आश्विन मंगलबार

तपाईलाई थाहा छ आलुको बोक्राको यी फाइदा ?

तपाईलाई थाहा छ आलुको बोक्राको यी फाइदा ?


प्राय:को भान्सामा आलु पाक्छ । केही मानिसहरुले आलुको बोक्रा फाल्छन् भने केहीले फाल्दैनन् । आलुको बोक्रा फाल्दा प्राकृतिक स्वादमा समेत कमी आउने गर्छ । तर, आज हामी तपाईलाई प्राय:ले फाल्ने आलुको बोक्राको फाइदाबारे जानकारी दिनेछौं ।

आलुको बोक्रामा हाम्रो शरीरलाई चाहिने भिटामिन तथा खनिज हुन्छन् । त्यसैले सकेसम्म आलुलाई बोक्रा नफाली पकाउँदा राम्रो हुन्छ । आलुको बोक्राले शारीरिक सौन्दर्यलाई पनि सहयोग गर्छ । आलुमा एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुण हुने भएकाले शरीरको छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।

आलुको बोक्राले कपाल झर्ने समस्या टाढा राख्न मदत गर्छ । तपाईले आलुको बोक्रालाई कपालमा लगाउनुभयो भने कपाल चाँडै बढ्छ र झर्दैन । आलुको बोक्राले तपाईले चाँदी तथा आल्मुनियमका भाँडाहरुमा लागेको दाग हटाउन प्रयोग गर्न सक्नुहुन्छ । अझ यसले पुजा सामग्रीको भाँडालाई एक प्रकारको चमक दिन्छ । आलुको बोक्रामा हलुका खाले एसिड हुने भएकाले भाँडामा भएको दागलाई हटाउन सहयोग गर्छ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : २२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय