२०८३, १६ आश्विन शनिबार

म्याग्दीकी अरिंगालवाली, एक प्लेट अरिंगालको ५ सय रुपैयाँ !

म्याग्दीकी अरिंगालवाली, एक प्लेट अरिंगालको ५ सय रुपैयाँ !


बेनी, असोज १६ । अरिंगाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७, वीरेन्द्रचोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिंगालवाली’को पहिचान बनाएकी छन् ।लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिंगालवाली भनेर चिनिनुको कारण हो, अरिंगालको व्यापार ।

बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सन्चालिका सिर्जनाको अरिंगालको व्यापार फस्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिंगालवाली’ भन्न थालेका हुन् ।कतिले त अरिंगाल खाएर सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आएका छन् ।दुई वर्षअघि गलेश्वरको चमेरेमा अरिंगालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महिनादेखि आफैंले अरिंगालको व्यापार गर्दै आएकी हुन् । उनलाई यो व्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुन् ।

म्याग्दी, विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोलेर ल्याउने अरिंगाल सिर्जनाले मानाको रु एक हजार ५०० मा खरिद गर्दै आएकी छन् ।सुरुमा त रु दुई हजारसम्म तिरेर अरिंगाल खरिद गरिएकामा अनुकूल याममा भने रु एक हजार ५०० सय मानामा पाउने गरेको उनी बताउँछिन् ।

सिर्जनाले ग्राहकलाई अरिंगाल तारेर लसुन–प्याज राखी प्रतिप्लेट रू ५०० मा बेच्छिन् । अहिले यसैको व्यापारमा भ्याइ–नभ्याइ भएको उनकोे भनाइ छ ।होटलमा अरिंगाल खाने कसरी आइपुगे त ग्राहक ? भनी सोध्दा उनी भन्छिन्–‘यो सब फेसबुकको कमाल हो । मैले फेसबुकमार्फत् नै यसको प्रचार गरें । त्यहीबाट यसको व्यापार बढ्न थाल्यो ।’

सिर्जना भन्छिन्–‘सुरुमा मैले ‘अरिंगाल राखेर खाने हो ?’ भन्ने स्टाटस राखें । त्यसपछि ‘अरिंगालको नयाँ व्यावसाय’ भन्दै पोस्ट गरें । त्यसलगत्तै ‘फस्टाउँदै छ अरिंगाल व्यवसाय’ भन्दै अरिंगालको फोटो राखेकीले यसैबाट व्यवसायले गति लिन थाल्यो ।’ अहिले त काठमाडौं र पोखराबाटसमेत अरिंगालको माग बढिरहेको छ । तर, मागअनुसार पुर्‍याउने सकेकी छैन’–उनी भन्छिन् । सिर्जनाले दैनिक १० देखि १५ हजारसम्मको अरिंगालको व्यापार गर्ने गरेको दाबी गरिन् ।

‘विशेषगरी अरिंगाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन्’–उनी भन्छिन्–‘अरिंगाल भन्नेबित्तिकै धेरै डराउँथे । तर, यही नै व्यवसायकारुपमा आजकाल फस्टाउँदो छ । यसलाई व्यावसायिकरूपमा पाल्नसके अझै राम्रो हुँदै जाने देखिन्छ ।’ अरिंगाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी, मालिका गाउँपालिकाका २६ वर्षीय रिमबहादुर गौतम भन्छन्–‘एकदिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिंगाल खोज्दै आए । हामीले अरिंगाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । आफ्नो शरीरमा अरिंगाल खाएपछिमात्रै पसिना आउन थालेको उनले जानकारी दिए । त्यसपछि विभिन्न रोग भएकाले पनि अरिंगालको खाजी गर्दै आउन थालेकाले यसको माग बढ्न थाल्यो ।’

गौतमले आफूहरु दुई भाइ मिलेर अरिंगाल व्यापार गर्न थालेको बताउँछन् । ‘अहिले त एकदमै माग बढ्दो छ । तर, अरिंगाल पाउनै गाह्रो छ’–अरिंगाल खोज्न एक दिनको बाटोसम्म हिँड्नुपरेको उनको अनुभव छ ।ठूलो घारबाट ३३ मानाजति अरिंगाल निकालेको र रु ४० हजारजति कमाएको रिमबहादुरको भनाइ छ ।उनी भन्छन्–‘अरिंगालले टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसलाई व्यावसायिक रूप दिन । पछिल्लो समय यसको माग बढ्दै गएको छ । अब कृषि विज्ञले कुनै सल्लाह दिए भने गर्ने सकिन्छ कि !’

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ५ : ५९ बजे

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२