२०८३, १६ आश्विन शनिबार

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते


म्याग्दी, १२ असोज : बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो ।

उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो । ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ८ : ४५ बजे

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ

हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक बन्द, दसैँको मुखमा आवागमन प्रभावित

सुर्खेत । हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन

शनिबार :संकटा मन्दिरमा पूजा–दर्शन(तस्बिरहरु)

हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर