२०८२, २५ फाल्गुन मंगलबार

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि


काठमाडौँ, १२ असोज : नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा हुने सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । भलिबल सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी शनिबार शुरु हुने प्रतियोगिता असोज १७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल चितवन टाइगर्स र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछन् । लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स र त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज गरी छ टोलीले सहभागिता जनाएका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कारको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ८ : ४१ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल