२०८२, १२ पुस शनिबार

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि


काठमाडौँ, १२ असोज : नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा हुने सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । भलिबल सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी शनिबार शुरु हुने प्रतियोगिता असोज १७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल चितवन टाइगर्स र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछन् । लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स र त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज गरी छ टोलीले सहभागिता जनाएका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कारको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ८ : ४१ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको