२०८३, १६ आश्विन शनिबार

विपद् व्यवस्थापनका लागि अभ्यास निकै फलदायी– नेपाली सेना

विपद् व्यवस्थापनका लागि अभ्यास निकै फलदायी– नेपाली सेना


काठमाडौँ, १२ असोज : नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको संयुक्त आयोजनामा सञ्चालन भएको विपद् व्यवस्थापन तथा अनुभव आदान प्रदानसम्बन्धी चार दिने चौथो अभ्यास सम्पन्न भएको छ । विभिन्न मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय, विभाग, रेडक्रसलगायत विपद् व्यवस्थापनमा कार्यरत सङ्घ, संस्थाका ३०२ को सहभागितामा प्राकृतिक विपद्मा छोटो समयभित्र गरिने उद्धार कार्यको अभ्यास गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

जनधनको न्यूनतम क्षतिका लागि अपनाइने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यासद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाबीच एकैसाथ भूकम्पलगायत अन्य विपद् व्यवस्थापन कार्य गर्नसक्ने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले उक्त अभ्यास गरिएको हो । खोज र उद्धारको प्रयास तथा घाइतेको उपचार प्रक्रियासम्बन्धी काल्पनिक परिस्थितिअनुसारको नेपाली सेनाको उपत्यका पृतना, महावीर गण, भैरवनाथ गण, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, वीरेन्द्र अस्पताल छाउनी, ट्रमा सेन्टर, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टुँडिखेल र क्षेत्रपाटी क्षेत्रमा अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

विभिन्न १३ मित्रराष्ट्रका सैनिकको सहभागितामा भएको उक्त अभ्यासले पेशागत क्षमता अभिवृद्धि गर्न र सहभागी राष्ट्रसँगको सैनिक सम्बन्ध विस्तार गर्न योगदान पुग्ने विश्वास लिइएको छ । उक्त समापन समारोहमा बलाधिकृत रथी हेमन्तराज कुँवरले यस पटकको अभ्यास विपद् व्यवस्थापनमा समन्वयका साथ काम गर्न निकै फलदायी भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ६ : ३४ बजे

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२

उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको