२०८३, १५ श्रावण शनिबार

मण्डनदेउपुरमा स्वास्थ्यचौकी भवन हस्तान्तरण, ‘समृद्धिका लागि सरकार लागिरहेको छ’ मन्त्री बाँस्कोटा

मण्डनदेउपुरमा स्वास्थ्यचौकी भवन हस्तान्तरण, ‘समृद्धिका लागि सरकार लागिरहेको छ’ मन्त्री बाँस्कोटा


बनेपा ११ असोज :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन सबैमा आग्रह गर्नुभएको छ ।

काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीस्थित नवनिर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “शान्तिपूर्वक र सुरक्षित भएर बस्न पाउने जनताको हक हो, तपाईहरु निश्चिन्त रहनुस्, सरकारले दृढतापूर्वक त्यसको प्रत्याभूत गर्दछ ।”
स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवास जनताको मौलिक हक भएकाले त्यसको सुनिश्चितता गर्ने कानून संसद्ले पारित गरेको प्रसंग उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नेपाली जनतालाई शान्ति, समृद्धि र सुख दिलाउन सरकार निरन्तर खटिरहेको छ बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपालीको अधिकारको लडाइँ सकिएकाले अब उत्पादन र निर्माणको लागि लाग्ने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आपराधिक मानसिकता र कानूनबीच संयोजन हुन सक्दैन, सधैँ विद्रोही बनेर पनि केही पाइन्नँ ।” उहाँले भन्नुभयो, “विकास र समृद्धिका लागि पनि रातारात केही हुन्न, यसका लागि सरकारको तीव्र कोशिश जारी छ ।” मन्त्री बाँस्कोटाले नागरिक इमान्दार र सच्चा भए स्वतः नराम्रा घटनाको अन्त्य हुने उल्लेख गर्दै सच्चा नागरिक भए भ्रष्टाचार पनि शून्य हुने बताउनुभयो ।

कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनइ किमले भूकम्पले क्षतिग्रस्त स्वास्थ्यचौकीको भवन निर्माण भएपछि यहाँका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्यचौकी भवन निर्माण गर्न जग्गा प्रदान गर्ने स्थानीय समजसेवीलाई सम्मान गरियो । कोरियन रेडक्रसको रु ७५ लाखको सहयोगमा ज्याम्दीमा ११ कोठे स्वास्थ्यचौकी र एउटा आवास भवन निर्माण गरिएको रेडक्रस काभ्रेका सभापति रघुबर चौप्रधानले बताउनु भयो । ।

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ८ : ०९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा