२०८३, १३ भाद्र आईतबार

प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता


न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट यहाँ हुनुहुन्छ । सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताउनुभयो ।

नेपालमा स्विट्जरल्याण्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ३ : ४३ बजे

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी,

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड