२०८३, १६ आश्विन शनिबार

चार नारायणको पुनः निर्माण आगामी वर्ष सकिने

चार नारायणको पुनः निर्माण आगामी वर्ष सकिने


ललितपुर, ११ असोज पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायाण मन्दिरको पुन निर्माण आगामी वर्षमा सकिने जनाइएको छ । काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुन निर्माणको काम सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।

उहाँका अनुसार हरिशङ्कर मन्दिर पनि एक वर्षमा सक्ने गरी काम भइरहेको छ । यहाँ रहेका धेरै वटा स्मारकको पुनः निर्माणको जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष केभिपिटीले लिएको छ । प्याकुरेलले भन्नुभयो, “अरू काम जसरी नै कोषले यो पनि समयमा सकाउँछ भन्ने हाम्रो विश्वास छ ।”

पुनः निर्माणमा कार्यरत कोषको आफ्नो कर्मचारी भएकाले ढिलाइ नहुने प्याकुरेलले बताउनुभयो । कोषले काम गरेको स्मारकमा कृष्ण मन्दिर, मणिमण्डप, बहादुर शाहको बैठक कक्ष, योग नरेन्द्र मल्लको सालिक स्तम्भ, सिंह स्तम्भलगायत सम्पन्न भइसकेको छ ।

चार नारायण मन्दिर अरूभन्दा पुरानो भए पनि कहिले बन्यो भन्नेमा फरक धारणा पाइन्छ । कतिपयले मन्दिर १६औँ शताब्दी त कतिले १७औँ शताब्दीको शुरुमा निर्माण भएको उल्लेख छ । यो मन्दिर इँटैइँट्टाले बनेको छ ।

आगामी वर्ष सक्ने योजनाले अघि बढेको हरिशङ्कर मन्दिरलाई योग नरेन्द्र मल्लकी छोरीले बनाउन लगाएकी थिइन् । आधा विष्णु र आधा शिवको स्वरुप मानिने हरिशङ्कर मन्दिर १८औँ शताब्दीको शुरुमा निर्माण भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ३ : १६ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र