२०८३, ३० आश्विन शनिबार

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’


काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित ‘काभ्रेली दादा’ बोलको गीत सार्वजनिक भएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न समूहको नाम जोडेर काभ्रेका युवा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाइँदै आएको सन्दर्भमा त्यसलाई चिर्न गीतले सकारात्मक सन्देश दिने प्रस्तुतकर्ता बाज्रा मोक्तानले बताएका छन्।

मोक्तानका अनुसार काभ्रे र यहाँका युवालाई एउटै नकारात्मक दृष्टिकोणबाट हेर्ने प्रवृत्तिलाई बदल्न गीतले भूमिका खेल्ने अपेक्षा गरिएको छ। युवाको पहिचानलाई अपराधसँग मात्र जोडेर हेर्नुभन्दा उनीहरूको सिर्जनशीलता, क्षमता र सकारात्मक पक्षलाई उजागर गर्नुपर्ने सन्देश गीतमार्फत दिन खोजिएको उनले बताए।

गीतमा बाज्रा मोक्तानको शब्द, कोशिश थोक्करको संगीत तथा कोशिश थोक्कर र जितु लोचनको स्वर रहेको छ। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ कार्साङ लामाले गरेका हुन्। रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी आशिष लामाले गरेका छन् भने सहायक कोरियोग्राफी सुरज शाहको रहेको छ। नक्कले प्रेम स्याङ्तानले छायांकन गरेको भिडियोमा आशिष लामा, सृजना घिसिङ, अनुराग पाख्रिन (काजी बोस) र कुइसाङ रुम्बाको अभिनय छ। मेकअप सपना लम्सालले गरेकी छन् भने सम्पादन तथा कलर अनिल बिष्ट प्युठानीले गरेका छन्।

बाज्रा मोक्तान प्रस्तुतकर्ता रहेको गीतका निर्माता सुरेश वाइबा तामाङ र सुष्मा थिङ हुन्। गीतको सम्पादन जल राप्ती डिजिटल म्युजिक प्रा.लि.मा गरिएको हो।

काभ्रेली युवाको पहिचान, सामाजिक सञ्जालमा बन्ने धारणा र युवालाई हेर्ने दृष्टिकोणबारे बहस भइरहेका बेला सार्वजनिक भएको यो गीतले मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। गीत बाज्रा मोक्तानको युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ।

प्रकाशित मिति : २०८३, २९ आश्विन शुक्रबार  १२ : ४७ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा