२०८३, २७ आश्विन बुधबार

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच नेपाल–चीन व्यापार, लगानी र औद्योगिक सहकार्य विस्तारबारे छलफल भएको छ।

मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

भेटमा द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार र औद्योगिक विकासका सम्भावनाबारे छलफल भएको थियो।

त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई प्रभावकारी बनाउने र दुवै देशको आर्थिक हितमा सहकार्य अघि बढाउने विषयमा समेत कुराकानी भएको सचिवालयले जनाएको छ।

भेटवार्ताले नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक लाभ र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनालाई जोड दिएको जनाइएको छ।

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  १० : ३१ बजे

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम