काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार महर्जनले १ हजार ९३५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहँदा निष्कल राई १ हजार ८५८ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै, प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन्। इन्द्रबहादुर बानियाँले १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१ र इन्जिनियर मोहन आचार्यले १ हजार ५१६ मत प्राप्त गरेका छन्।
प्रवल थापा १ हजार ४७७, हिमालदत्त श्रेष्ठ १ हजार ४१४, राजीव कोइराला १ हजार ३९१ र गणेश लामा १ हजार ३७१ मतसहित शीर्ष १० भित्र छन्।
खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ८९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सार्वजनिक मतपरिणामअनुसार ४५औँ स्थानसम्मका उम्मेदवारहरूको मतले प्रतिस्पर्धा थप रोचक बनेको छ। मतगणना जारी रहेकाले अन्तिम नतिजामा उम्मेदवारहरूको स्थान परिवर्तन हुन सक्नेछ।
पछिल्लो मतपरिणामअनुसार शीर्ष १० उम्मेदवार
१. चिरिबाबु महर्जन — १,९३५
२. निष्कल राई — १,८५८
३. प्रा.डा. गोविन्दराज पोखरेल — १,६८६
४. इन्द्रबहादुर बानियाँ — १,६४६
५. जितनारायण श्रेष्ठ — १,५७१
६. इन्जिनियर मोहन आचार्य — १,५१६
७. प्रवल थापा — १,४७७
८. हिमालदत्त श्रेष्ठ — १,४१४
९. राजीव कोइराला — १,३९१
१०. गणेश लामा — १,३७१







प्रतिक्रिया