२०८३, २७ आश्विन बुधबार

दसैँ-तिहारमा Ampere को धमाका, स्कुटर किन्दा १ लाख जित्ने मौका

दसैँ-तिहारमा Ampere को धमाका, स्कुटर किन्दा १ लाख जित्ने मौका


काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड Ampere Nepal ले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले २० हजार रुपैयाँसम्म नगद छुट, पुरानो स्कुटर एक्सचेन्जमा थप मूल्याङ्कन र लक्की ड्रमार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्।

‘नयाँ सवारी, नयाँ उमङ्ग– यसपालिको महाचाड Ampere सँग’ नारासहित ल्याइएको योजनामा Ampere Nexus र Magnus स्कुटर खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारीमा थप २० हजार रुपैयाँ एक्सचेन्ज मूल्याङ्कनमध्ये एउटा सुविधा रोज्न सक्नेछन्।

योजनाअन्तर्गत ग्राहकले एक वर्ष निःशुल्क सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्। अफर अवधिमा Ampere स्कुटर खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

त्यस्तै, Ampere REO VYB स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट वा पुरानो सवारीमा थप १० हजार रुपैयाँ एक्सचेन्ज मूल्याङ्कनमध्ये एउटा सुविधा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार विद्युतीय सवारीको प्रयोग विस्तार गर्दै इलेक्ट्रिक मोबिलिटीलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले योजना ल्याइएको हो। नेपालमा Ampere ब्रान्डलाई STC Auto Solution Pvt. Ltd. ले प्रतिनिधित्व गर्दै आएको छ।

यो चाडपर्व योजना छठ पूजासम्म लागू हुनेछ। ग्राहकले नजिकैको Ampere शोरुममा पुगेर स्कुटरको उपलब्धता, टेस्ट राइड, एक्सचेन्ज सुविधा तथा योजनाका नियम र सर्तबारे विस्तृत जानकारी लिन सक्नेछन्।

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  ८ : १५ बजे

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको छलाङ, निष्कल राई पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको