काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ भने अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात तथा एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।







प्रतिक्रिया