काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडाले ९१७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा छन्। संशोधित विधानअनुसार कांग्रेसको महाधिवेशनबाट खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। यस आधारमा खतिवडा र सिवाकोटी हालसम्मको मतगणनामा अगाडि देखिएका छन्।
मतपरिणामअनुसार डल्लीराज सुवेदी ५०० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५ मत प्राप्त गर्दै चौथो र विकास कोइराला ३३० मतसहित पाँचौँ स्थानमा रहेका छन्। अन्य उम्मेदवारमध्ये राजीव ढुंगानाले २९३, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।







प्रतिक्रिया