काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि भीड लागेको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै टिकट काट्ने यात्रुको चहलपहल बढेको हो।
दशैंमा आफ्नो गाउँघर फर्किने यात्रुहरू रातिदेखि नै नयाँ बसपार्क पुगेर टिकट लिन थालेका छन्। अग्रिम टिकट बुकिङ सुरु भएसँगै बसपार्क क्षेत्रमा यात्रुको उपस्थिति बाक्लिएको छ।
रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौं उपत्यकामा बस्दै आएका सर्वसाधारण दशैं मनाउन घर फर्किने तयारीमा छन्। चाडपर्व नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्ने भएकाले टिकट व्यवस्थापन र सहज यात्रालाई यस अवधिमा विशेष महत्त्वका साथ हेरिन्छ।







प्रतिक्रिया