२०८३, २१ आश्विन बिहीबार

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। यसअघि नायब महाप्रबन्धक (डीजीएम) तथा प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारी सम्हाल्दै आएका अकेला बैंकको उच्च व्यवस्थापनमा थप महत्वपूर्ण भूमिकामा पुगेका हुन्।

बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव हासिल गरेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध रहेका उनले जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन्। अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्षसमेत हुन्। उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

उनको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापन क्षमता र कार्यसञ्चालन दक्षताले बैंकको सेवा प्रवाह, जोखिम नियन्त्रण र समग्र व्यवसाय विस्तारलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ। ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवामा प्राप्त उपलब्धिका आधारमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाउँदै आएको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ सहित युरोमनी अवार्ड फर एक्सलेन्सका विभिन्न विधामा समेत सम्मान प्राप्त गरेको जनाएको छ। देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

प्रकाशित मिति : २०८३, २२ आश्विन शुक्रबार  १२ : ११ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १