२०८३, २१ आश्विन बिहीबार

दशैं रमाइलो महोत्सव २०८३ को मन्त्री तामाङद्धारा उद्घाटन सल्लाघारीमा सुरु भयो, दशै मेला

दशैं रमाइलो महोत्सव २०८३ को मन्त्री तामाङद्धारा उद्घाटन सल्लाघारीमा सुरु भयो, दशै मेला


भक्तपुर, २२ असोज  : वागमती प्रदेशका विना विभागिय मन्त्री ज्ञानबहादुर तामाङले आजबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको दशैं रमाइलो महोत्सव–२०८३ को उद्घाटन गर्नु भएको छ । 

सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा आयोजना गरेको मेलाको उद्घाटन गर्दै उहाँले दशै तिहार नजिकिदै गर्दा कालो बजारी बढ्ने भएकाले मेलामा सर्वुसुलभ रुपमा सामान उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

उहाँले स्थानीय तथा महोत्वले स्थानीय उद्योग, घरेलु उत्पादन र कला संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका बलराम श्रेष्ठले ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म सञ्चालन हुने बताउदै ७० वटा स्टल रहेको मेलामा गुणस्तरीय खाद्यान्न र लत्ता कपडा आम उपभोक्ताका लागि सहज, सर्वसलुभ रुपमा उपलब्ध गराएको बताउनुभयो ।

मेला आयोजक समितिका संयोजक संगम लामाले एक लाख भन्दा बढी उपभोक्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउदै मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ता कपडासंगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका बिभिन्न वस्तुहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको बताउनुभयोे । 

मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका बिभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिएको बताउदै उहाँले दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्य र गीत–गायन तथा नृत्य प्रतियोगिता रहेको बताउनुभयो । 

मेलाले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो ।

प्रकाशित मिति : २०८३, २१ आश्विन बिहीबार  ८ : २५ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले