२०८३, १७ आश्विन आईतबार

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न दलका शीर्ष नेता सहभागी भएका छन्। रास्वपा सभापति रवि लामिछाने पनि उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।

आजदेखि सुरु भएको कांग्रेस महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक दिशाबारे समेत निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  ३ : ४० बजे

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले

कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले पार्टीको १५औँ महाधिवेशनलाई

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच

कांग्रेस बदल्ने गगनको खाका : गुट, गठबन्धन र शासनशैलीमाथि प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत

तस्वीरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन : खुलामञ्चमा देखिएका दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार