२०८३, १७ आश्विन आईतबार

समाजसेवाको उदाहरण बने शेर्पा : विद्यालयलाई पोसाक र स्मार्ट बोर्ड सहयोग

समाजसेवाको उदाहरण बने शेर्पा : विद्यालयलाई पोसाक र स्मार्ट बोर्ड सहयोग


सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडाध्यक्ष तथा समाजसेवी ङिमा दोर्जी शेर्पाले माप्य दुधकोशी गाउँपालिका–१ स्थित जुभिङ माध्यमिक विद्यालयलाई ४ लाख ५५ हजार रुपैयाँ बराबरको शैक्षिक तथा विद्यार्थी पोसाक सामग्री सहयोग गरेका छन्।

शेर्पाले विद्यालयमा अध्ययनरत १४५ जना विद्यार्थी र १५ जना शिक्षकका लागि ट्र्याकसुट, टाई, जुत्ता, मोजा, स्वेटर, बेल्टलगायतका विद्यालय पोसाक उपलब्ध गराएका हुन्।

त्यसैगरी उनले विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यले एक थान स्मार्ट बोर्ड समेत प्रदान गरेका छन्। आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन स्मार्ट बोर्ड उपयोगी हुने विद्यालयले जनाएको छ।

शेर्पाको सामाजिक सहयोग विद्यालयको पछिल्लो पहलमा मात्र सीमित छैन। उनले यसअघि पनि विपद्का समयमा विद्यालय तथा स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग गर्दै आएका छन्।

भूकम्पका बेला जुभिङ माध्यमिक विद्यालयमा दुईकोठे भवन निर्माणका लागि उनले करिब १० लाख रुपैयाँ बराबरको सहयोग गरेका थिए। त्यस्तै, भूकम्पबाट प्रभावित खरीखोला र जुभिङ क्षेत्रका करिब ३०० घरधुरीका लागि घरको छाना निर्माण गर्न जस्तापाता उपलब्ध गराएका थिए। विपद्को समयमा घरबार प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएका शेर्पाको सहयोगले स्थानीय समुदायमा मानवीय सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।

पर्यटन व्यवसायमा समेत संलग्न शेर्पा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उनी पेमा नाम्दिङ गुम्बा, खरीखोलाका संस्थापक अध्यक्ष समेत हुन्। शिक्षा, विपद् व्यवस्थापन र समुदायको आवश्यकता पूरा गर्न निरन्तर सहयोग गर्दै आएका शेर्पाको पछिल्लो पहलले विद्यार्थीको शैक्षिक वातावरण सुधारसँगै प्रविधिमैत्री पठनपाठनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय परिवारले विद्यार्थी तथा शिक्षकका लागि पोसाक र आधुनिक शिक्षणका लागि स्मार्ट बोर्ड उपलब्ध गराएकोमा समाजसेवी तथा पूर्व वडाध्यक्ष शेर्पाप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  १ : ३० बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको