२०८३, १५ आश्विन शुक्रबार

रूख काटेर इतिहास मेटाउने !

रूख काटेर इतिहास मेटाउने !


सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर इतिहास मेटाउनेहरुलाई चेतावनी मात्रै दिएनन्, गंभीर प्रश्न समेत उठाएका छन् ।
सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापनले बिपी जयन्तीका अबसरमा कांग्रेस नेता बिपिन कोइरालाको अगुवाईमा रोपिएको रुखहरु क्याम्पस प्रशासनले काटेको दृश्य सामाजिक सञ्जालमा साझागर्दे नेता बस्नेतले उक्त कुरा बताएका हुन् ।
सोही क्याम्पसका प्राध्यापक समेत रहेका कांग्रेस नेता बस्नेतले फेसबुकमा लेखेकाछन्‌ः ‘इतिहास मेटाउनेहरु होसियार । कसरी , किन , के को र कसको आदेशमा सिन्धुली बहुमुखीमा रहेको रुख बिरुवाहरु काटिएको हो ? रुख रोपौ बिश्व जोगाऔ ।’
एनले उक्त रुख काटिएको फोटो साझा गरेपनि कसको आदेशमा काटिएको हो, किन काटिएको हो भन्ने प्रश्नगर्दै लेखिरहँदा, बिपी जयन्तीमा रोपिएको र उक्त विरुवा कांग्रेसका पूर्व स्वास्थ्य मन्त्री बिपिन कोइरालाको नेतृत्वमा रोपिएको बारे खुलाएका छैनन् । समाचार स्रोतका अनुसार सहायक क्याम्पस प्रमुख उमेश कोइरालाको समन्वयमा उक्त रुखहरु काटिएको हो । तर उक्त कुरालाई बस्नेतले सार्वजनिक गरेका छैनन् । स्रोत अगाडि भन्छ, कोइरालाले व्यवस्थापन समितिको सल्लाह अनुसार उक्त कार्य गराएका हुन् ।
उक्त रुख काटिएको विषयलाई लिएर सिन्धुली कांग्रेसका सभापति एवम् सिन्धुली बहुमुखी क्याम्पसर सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहेका उपेन्द्रकुमार पोखरेलले क्याम्पस प्रमुख समक्ष असन्तुष्टि व्यक्त गरेको थाहा लागेको छ । सो विषयलाई लिएर क्याम्पस व्यवस्थापन र नेपाली कांग्रेसका नेताहरु बीच असन्तुष्टि बढेको छ । सन्देश जनप्रियबाट

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ३ : ३७ बजे

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र