काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे बस्दैछ। बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको छ।
बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। यसैगरी, राष्ट्रियसभाको आजको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची रहेको छ।
बैठकका यी दुई प्रमुख कार्यसूचीसँगै मन्त्रीहरूबाट सांसदहरूले यसअघि उठाएका मौखिक तथा लिखित प्रश्नको जवाफसमेत सभामा औपचारिक रूपमा टेबुल हुनेछ।







प्रतिक्रिया