२०८३, १४ आश्विन बिहीबार

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्‍याएको योगदान इतिहासमै अमिट रहने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले लोकतान्त्रिक अधिकार प्राप्तिको संघर्षमा बस्नेतले लामो जेलजीवन, कठोर यातना र अनेकौं कठिनाइ भोगेको स्मरण गरेका छन्। तत्कालीन निरंकुश राजनीतिक व्यवस्थाविरुद्धको संघर्षमा बस्नेतजस्ता योद्धाहरूले व्यक्तिगत सुख–सुविधाभन्दा परिवर्तन र लोकतान्त्रिक अधिकारको आन्दोलनलाई प्राथमिकता दिएको ओलीको भनाइ छ।

ओलीले लेखेका छन्, ‘कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनुभएको दुःखद खबर सुनेँ। नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविस्मरणीय छ।’

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनसम्म बस्नेतले खेलेको भूमिकाको स्मरण गर्दै ओलीले लामो जेलजीवन र यातनाका ती कष्टपूर्ण दिनहरू आफूले पनि सम्झिरहेको बताएका छन्।

अध्यक्ष ओलीले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। बस्नेतको संघर्ष, त्याग र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैं सम्मानका साथ स्मरण भइरहने ओलीले बताएका छन्।

प्रकाशित मिति : २०८३, १४ आश्विन बिहीबार  ८ : ४५ बजे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित

काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको