२०८३, १३ आश्विन बुधबार

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते


विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले उग्र रूप लिएपछि दुई समूहबीच कुटाकुट भएको छ। क्रियाशील सदस्यताको विषयमा सुरु भएको विवाद तोडफोड र हातपातसम्म पुगेपछि अधिवेशन प्रक्रिया नै अन्योलमा परेको छ।

अधिवेशनस्थलमा संस्थापन र इतर समूहका कार्यकर्ताबीच तनाव बढ्दै जाँदा झडप भएको हो। विवाद नियन्त्रणबाहिर गएपछि नेतामाथि समेत हातपात भएको जनाइएको छ।

झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात तथा दुर्व्यवहार भएको बताइएको छ। घटनामा पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मी पनि कुटपिटबाट घाइते भएका छन्। घाइते नेता–कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। अधिवेशनकै क्रममा पार्टीका नेतामाथि हातपात भएपछि घटनाले कांग्रेसभित्रको आन्तरिक विवादलाई थप सतहमा ल्याएको छ।

क्रियाशील सदस्यताको विवाद समाधान नगरी अधिवेशन अघि बढाउन खोज्दा तनाव चर्किएको नेताहरूले बताएका छन्। झडपपछि अधिवेशन प्रक्रिया तत्काल अघि बढ्ने वा स्थगित हुने भन्ने विषयमा अन्योल कायम छ। एकातिर महाधिवेशनको तयारी तीव्र पारिएको कांग्रेसमा अर्कोतिर अधिवेशनस्थलमै नेताहरूबीच कुटाकुट हुन थालेपछि पार्टीको आन्तरिक विवाद थप पेचिलो बनेको छ।

प्रकाशित मिति : २०८३, १३ आश्विन बुधबार  ४ : ५२ बजे

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले

देउवा समूहले छुट्टै महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई दियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास