२०८३, १२ आश्विन मंगलबार

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना


काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहनुका साथै पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा देखिएको छ ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली भूभागका एक–दुई स्थान र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ ।

तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने भए पनि तराईमा मौसम सामान्यतया सफा रहनेछ ।

वर्षासँगै चट्याङ र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले यात्रा तथा दैनिक कामकाज गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३, १२ आश्विन मंगलबार  ७ : ५३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय