२०८३, १२ आश्विन मंगलबार

बागलुङमा बाढीपहिरोको कहर : मृतकको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

बागलुङमा बाढीपहिरोको कहर : मृतकको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता


बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार पनि ताराखोलामै एक जनाको मृत्यु भएको थियो । पछिल्लो घटनासँगै ताराखोला गाउँपालिकामा मात्रै बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् । निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षासँगै जिल्लाका विभिन्न क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएकाले स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ । उद्धार तथा क्षतिको विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३, १२ आश्विन मंगलबार  ७ : ४८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय