पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको छ। जलजला गाउँपालिका–८ फर्सेमा नदी बस्तीमा पसेर ६६ घर पूर्ण रूपमा बगाएको छ भने थप २३ घर उच्च जोखिममा परेका छन्।
बाढीको चपेटामा परेका परिवारलाई समयमै सुरक्षित स्थानमा सारिएकाले अहिलेसम्म मानवीय क्षति भने भएको छैन। तर नदीको बहाव र वर्षा जारी रहेकाले जोखिममा रहेका बस्तीमा त्रास कायमै छ।
सशस्त्र प्रहरीका अनुसार उच्च जोखिममा रहेका घरबाट स्थानीयका सामान सुरक्षित स्थानमा सार्ने काम तीव्र पारिएको छ। सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा व्यवस्थापनमा जुटेका छन्।
कालीगण्डकीको बढ्दो बहावले ठूलो भौतिक क्षति पुर्याएपछि थप जोखिम रोक्न सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ। ६६ घर बगिसक्दा पनि वर्षा नरोकिएपछि फर्से बस्तीमा थप क्षतिको जोखिम कायमै छ।







प्रतिक्रिया